कोशीको मुख्य न्यायाधिवक्तामा कटुवाल नियुक्त

२९ साउन २०८०, सोमवार
Image

झापा, २९ साउन । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धिबहादुर कटुवाल नियुक्त हुनुभएको छ।

अधिवक्ता कटुवाल सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुनुहुन्छ ।

उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न मुख्यमन्त्री उद्धव थापाले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्नुभ्यो। 

उहाँलाई आजै प्रदेश प्रमुख खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायाधिश सत्यमोहन जोशी थारुले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो।